काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवाको नदी तटीय ठूलो क्षेत्रमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अशोक थापाले ठूलो विनाशकारी बाढी आएको र कल्पना गर्न नसक्ने क्षति भएको बताए ।
नदी किनारामा रहेका सबै बस्ती र बजारमा पुरै क्षति पुर्याएको उनको भनाइ छ । उनले जनधनको ठूलो क्षति भएको अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरू बगाएको थापाले बताएका छन् ।
आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा तिब्बत क्षेत्रमा आकस्मिक बाढी आएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।