काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो। सूचीकरणसँगै सम्बन्धित सेयरधनीले नियमअनुसार उक्त सेयर कारोबार गर्न सक्नेछन्।