काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । यस समीक्षा अवधिमा कम्पनीले १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब १६ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क १७ दशमलव ८७ प्रतिशतले बढेको हो ।
समीक्षा वर्षमा कम्पनीले १ अर्ब १२ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क १८ दशमलव १४ बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत १ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमामार्फत ८८ करोड ६३ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस समीक्षा अवधिमा बढी रकम खर्चिएको हो ।
समीक्षा अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड १३ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
२ अर्ब ५४ करोड रुपैयाँ सेयर पुँजी भएको कम्पनीको ईपीएस ५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।