रिलायबल नेपाल लाइफको नाफा ५८ करोड, बीमाशुल्क साढे ६ अर्ब बढी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको गत आव २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २.१८ प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा कम्पनीले ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, गत आवमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ थियो । 

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष ३२.१४ प्रतिशतले बढेको हो ।

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको हो ।

कम्पनीले समीक्षा वर्षमा ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.५६ प्रतिशतले बढेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १०.९७ रुपैयाँ थियो । 

कम्पनीको प्रति सेयर नेटवर्थ १४८४९ रुपैयाँ रहेको छ । 

Share News