एनएलजी इन्स्योरेन्सको व्यापार बढ्यो, बीमा कोष पौने ४ अर्ब पुग्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा उल्लेख्य घटेको छ भने बीमाशुल्क आर्जनमा भने राम्रो वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा १५ करोड ३३ लाख रुपैयाँ थियो । यस आधारमा कम्पनीको नाफा ६२.३१ प्रतिशतले घटेको हो ।

कम्पनीको चुक्ता सेयर पुँजी २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सेयर प्रिमियममा १३ करोड ८५ लाख, स्पेसल रिजर्भमा १ अर्ब ४२ करोड २ लाख, महाविपत्ति कोषमा ८ करोड ९४ लाख, रिटेन्ड अर्निङमा १ करोड १७ लाख र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको सेयर प्रिमियम २७ करोड १९ लाख, स्पेसल रिजर्भ १ अर्ब ३९ करोड १३ लाख, महाविपत्ति कोष ८ करोड ६५ लाख, रिटेन्ड अर्निङ ९ करोड १३ लाख र अन्य इक्विटी १७ करोड ६६ लाख रुपैयाँ थियो ।

यस्तै, कम्पनीको बीमा कोषको आकार बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कोषमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषमा ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बीमा कोष १४.७६ प्रतिशतले बढेको हो ।

बीमाशुल्क आर्जनतर्फ भने कम्पनीले उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ थियो । यससँगै कुल बीमाशुल्क आर्जन ३९.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ९८ करोड २८ लाख रुपैयाँ थियो ।

यता, कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा ईपीएस २.१७ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको ईपीएस ५.९८ रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.३६ रुपैयाँ रहेको छ । वित्तीय विवरणअनुसार बीमाशुल्क आर्जन र बीमा कोषमा वृद्धि भए पनि कम्पनीको खुद नाफा तथा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको देखिएको छ ।

Share News