एसियन लाइफको नाफा ४१ करोड पुग्दा बीमाशुल्क आम्दानी १० अर्ब नाघ्यो

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा ४१ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १.१९ प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा वर्षमा कम्पनीले बीमाशुल्कबाट १० अर्ब ६४ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४० करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।  

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.१३ प्रतिशतले बढेको छ ।

गत आवमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ थियो । 

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष १२.९७ प्रतिशतले बढेको हो ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ईपीएस ७.८० रुपैयाँ रहेकोमा ७.८९ रुपैयाँ कायम भएको हो । 

त्यस्तै, पीई रेसियो ५३.१२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.१३ रुपैयाँ रहेको छ ।

Share News