काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १०६.६३ प्रतिशत बढेर ३९ करोड ८ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको खुद बीमा शुल्क २५.८७ प्रतिशत बढेर ८ अर्ब ९७ करोड ७१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १३ करोड २१ लाख ४२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी २७.६९ प्रतिशत बढेर ८ अर्ब ९१ करोड २७ लाख ८४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ९८ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
गत वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५० लाख ११ हजार रुपैयाँ कुल आम्दानी गरेर १० अर्ब ७९ करोड ४२ लाख ६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब १९ करोड ८७ लाख १३ हजार रुपैयाँ कुल आम्दानी गरेर ८ अर्ब ६४ करोड ९४ लाख ६१ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँबाट बढेर ७ .८२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ ।