बैंकका सीईओहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार (आज) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्।

आज अपरान्ह ३ बजे अर्थ मन्त्रालयमा छलफल हुन लागेको हो ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सीईओहरूसँग छलफल गर्न थालेका हुन् ।

छलफलमा २० वटा वाणिज्य बैंकका सीईओहरू सहभागी हुने मन्त्रालयको सचिवालयले जनाएको छ ।

Share News