राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार (आज) सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा छलफल भएको हो ।

उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

त्यस्तै, पूर्वराष्ट्रपति डा. यादव र पूर्वराष्ट्रपति परमानन्द झाले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

Share News