साम्प्रदायिक र सामाजिक सद्भाव भड्काउन खोज्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा सामाजिक तथा साम्प्रदायिक सद्भाव भड्काउन खोज्ने आठ जनालाई पक्राउ गरेको छ । सिरहाबाट पाँच जना र धनुषाबाट तीन जना पक्राउ परेका हुन् ।

पछिल्लो समयमा सुनसरी र मधेसका जिल्लामा साम्प्रदायिक घटना बढेको छ। सहरका विभिन्न ठाउँमा गएर हो-हल्ला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

एक-अर्काप्रति आपत्तिजनक शब्द व्यक्त गर्ने र उक्साउनेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमा सामाजिक सद्भाव बहकाउको संकेत दिने तथा पोष्ट गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । सुनसरी, मोरङ र मधेसका जिल्लामा प्रहरीले त्यस्ता पोष्ट गर्नेलाई कडा कारबाही गर्ने भन्दै नियन्त्रणमा लिन थालेको छ ।

Share News