काठमाडौं । प्रहरी प्रधान कार्यालयले तराई- मधेसका जिल्लामा प्रहरीका उच्च अधिकारीलाई फिल्डमा खटाएको छ । चार जना एआईजीसहित उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्याङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण गर्न जिम्मेवारी तोकिएको प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुले आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी निम्न प्रहरी अधिकृतहरुलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाह बाँके, प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ मधेस प्रदेश, प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी कपिलवस्तु, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वबाबु कार्की कोसी र सुनसरी खटाइएको छ ।
त्यसैगरी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य सिरहा, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले सप्तरी खटाइएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई सर्लाही, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर पर्सा, प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा रौतक, प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनी महोत्तरी, प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी बारा, प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल मोरङ, प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी धनुषा र प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह मधेस खटाइएको प्रधान कार्यालयले जनाएको छ ।