संविधान संशोधनको तयारीबारे दाहालको प्रश्न - सरकारसँग मागे स्पष्टता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले अघि बढाउन खोजेको संविधान संशोधनको तयारीबारे प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दाहालले संविधान संशोधनजस्तो गम्भीर विषयमा सरकारको धारणा, उद्देश्य र प्रक्रिया स्पष्ट हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले आफ्नो काम सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

दाहालले संविधान संशोधन मुलुकको राजनीतिक स्थायित्व, जनताको अधिकार र लोकतान्त्रिक प्रणालीसँग जोडिएको विषय भएकाले पर्याप्त छलफल र सहमतिबिना अघि बढाउन नहुने धारणा राखे । उनले संविधान संशोधनका नाममा कुनै निश्चित राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भए त्यसले थप विवाद सिर्जना गर्न सक्ने चेतावनीसमेत दिए ।

Share News