काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनाबारे सरकारको धारणा र कदमबारे संसदमा स्पष्ट जवाफ माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुनसरीमा तनावपूर्ण अवस्था रहँदा प्रधानमन्त्री र गृहमन्त्री दुवै सदनमा अनुपस्थित रहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए ।
'न प्रधानमन्त्री हुनुहुन्छ, न गृहमन्त्री हुनुहुन्छ । यस्तो बेला सरकारले अग्रसरता लिनुपर्ने हो । तर सरकार आफैँ कालो कोठाभित्र लुकेर चियाएर हेरेजस्तो महसुस भइरहेको छ,' उनले भने ।
सांसद राईले बल प्रयोगबाट समस्या समाधान नहुने भन्दै संवाद र राजनीतिक पहलमार्फत परिस्थिति नियन्त्रणमा लिन सरकारलाई आग्रह गरे ।