प्रभु बैंककी मुख्य बिजनेस अफिसर पन्त पक्राउ

फाइल तस्विर

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

कर्जा प्रवाहमा अनियमितता गरेपछि उनी पक्राउ परेको सीआईबी प्रवक्ता अनुप शमशेर जबराले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार त्रिपुरेश्वरबाट उनलाई आजै पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्यादसमेत थप गरिएको छ  ।

नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआइबीले जनाएको छ ।

Share News