काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी)सुदीपराज पाठकलाई त्यहाँबाट फिर्ता बोलाएको छ । उनको स्थानमा एसपी पवनकुमार भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले एसपी पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरिएको हो ।
एसपी भट्टराई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । उनी परिसरको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिरहेका थिए ।
यस्तै, भट्टराई पर्सा सरुवा भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी आर्थिक अपराध अनुसन्धान महाशाखाका एसपी दानबहादुर थापालाई काजमा दिइएको छ । थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए ।