बागमती । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।
यसमध्ये १८ महिना नाघेका मुद्दा २६ रहेकामा दुई वर्ष नाघेका मुद्दा भने शून्य सङ्ख्यामा रहेको अदालतले जनाएको छ । गत आवमा इजलासको आदेशबमोजिम मेलमिलापमा पठाइएकामा मेलमिलापकर्तामार्फत मेलमिलाप भएको मुद्दा सङ्ख्या ५३ थियो ।
मेलमिलापकर्तामार्फत मेलमिलाप भइआएका मुद्दाको सफलता १९.७७ प्रतिशत रहेको सूचना अधिकारी कौशिकले जानकारी दिए ।