शेखर गोल्छालाई एक करोड धरौटी माग गर्न आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटी माग गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटी माग गर्न आदेश दिएको हो । 

न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई एक करोड धरौटी माग गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए । सोही मुद्दामा यसअघि दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरेको थियो । 

बीमा कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग डेढ करोड धरौटी माग गरेको थियो ।

धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग २ करोड ३० लाख र भट्ट एक करोड धरौटी माग गर्ने आदेश दिएको थियो । 

Share News