बीमा ऐनअन्तर्गतको कसुरमा मृदुला सरिया पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको साविक भद्रपुर गाविस–११ स्थायी घर भएका ३१ वर्षीय मृदुला सरिया रहेकी छिन्।

उनलाई आज काठमाडौं महानगरपालिका–५, सानो गौचरनबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका सरियामाथि बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरले प्रुडेन्स ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षण प्रतिवेदनका आधारमा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो ।

Share News