निगममा नयाँ अभ्यास, एकै व्यक्ति अध्यक्ष र महाप्रबन्धक

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गरेकाे हाे । उक्त निर्णयअनुसार उनले सञ्चालक समिति अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत निर्वाह गर्नेछन् ।

महाप्रबन्धकको जिम्मेवारीसमेत कार्यकारी अध्यक्षलाई दिइएपछि निगमको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व एउटै पदमार्फत सञ्चालन हुने भएको छ ।

सरकारले निगमको व्यवस्थापनलाई थप प्रभावकारी, निर्णय प्रक्रियालाई छरितो तथा संस्थागत सुधारलाई गति दिने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयसँगै श्रेष्ठले निगमको दैनिक प्रशासन, सञ्चालन तथा रणनीतिक व्यवस्थापनको नेतृत्व गर्नेछन् ।

Share News