काठमाडौं । विदेशी मुद्रा सटहीको कारोबार गर्न ४१ वटा वायुसेवा कम्पनीले अनुमति पाएका छन् । नेपालमा आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीले विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र लिएका हुन् ।
एयर डाइनेस्टी हेली सर्भिसेज, एयर इन्डिया लिमिटेड, एयरलाइन्स रिप्स नेपाल प्रा,लि, अल्टिच्युड एयर प्रा,लि,अमरावती ट्राभल्स प्रालि (क्याथे प्यासिफिक एयरवेज लिमिटेड – जीएसए) अमरावती ट्राभल्स प्रा,लि, (ओमान एयर) , बेसक्याम्प हेलिकप्टर प्रा,लि, बिमान बंगलादेश एयरलाइन्स लिमिटेड (नेपाल शाखा), बुद्ध एयर प्रा.लि, क्याथे प्यासिफिक एयरवेज लिमिटेड (काठमाडौं शाखा),चाइना सदर्न एयरलाइन्स कम्पनी लिमिटेड , ड्रुक एयर कर्पोरेशन लिमिटेड (नेपाल स्टेशन), एक्सप्लोर हिमालय ट्राभल इन्क प्रा.लि, (जीएसए – इथियोपियन एयरलाइन्स), फिस्टेल एयर प्रा.लि, हेली एभरेस्ट प्रा.लि, हिमालय एयरलाइन्स प्रा.लि, आईएमई इन्टरनेशनल ट्राभल्स प्रा.लि, जया भोयाज इन्टरनेशनल प्रालि (केएलएमरएयर फ्रान्सको जीएसए),जया भोयाज इन्टरनेशनल प्रा.लि. (डेल्टा एयरलाइन्स), कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड , कोरियन एयरलाइन्स कम्पनी लिमिटेड, मलेसिया एयरलाइन्स बरहाद लिमिटेड, काठमाडौं शाखा ,माउन्टेन हेलिकप्टर्स प्रा।लि,नेपाल एयरलाइन्स निगम, प्रभु हेलिकप्टर लिमिटेड, कतार एयरवेज ग्रुप, श्री एयरलाइन्स प्रा।लि, सिता एयर प्रालि, स्ट्रिम ट्राभल सर्भिसेज प्रालि, समिट एयर लिमिटेड, तारा एयर प्रालि, तासी एयर प्रालि, थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड, टर्किस एयरलाइन्स इन्क प्रालि, युनिभर्सल टुर्स एन्ड ट्राभल्स (फ्लाइ दुबई), युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि, (एमिरेट्स एयरलाइन्स) ,युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि। (कोरियन एयरलाइन्स), युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि (थाई एयर एसिया), यती एयरलाइन्स लिमिटेड, यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् मालिन्डो एयरवेज) र यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् थाई लायन मेन्तारी कम्पनी लिमिटेड ) रहेका छन् ।
आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार गर्ने अनुमति लिएका छन् । एयरलाइन्सहरूले विदेशी नागरिकहरूबाट हवाई टिकट बिक्रीवापत विदेशी मुद्रा लिने गरेका छन् ।
विदेशी पर्यटकको लागि डलर भाडादर लिने सन् १९९० देखि लिन थालिएको हो । पहिलोपटक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) बाट सुरु भएको थियो ।
सोही व्यवस्थालाई निरन्तरता दिँदै आन्तरिक वायुसेवा कम्पनीले पनि डलरमा भाडा लिन थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त भएको पत्राचारको आधारमा विदेशीलाई विदेशी मुद्राबाट टिकट बिक्री वितरण गर्न डलर भाडाको सुविधा प्रदान गर्दै आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं.६८ पत्र २०६२ फागुन १ गतेको पत्र मार्फत नेपाल नागरिक उड्डयन प्राधीकरणलाई पत्राचार गरिएको थियो ।
सोही पत्रको आधारमा डलर भाडादर कार्यान्वयनमा रहेको छ ।