काठमाडौं । मनाङको नार-फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा सम्पर्कविहीन आरोही तथा सहयोगीमध्ये २ जनाको शव फेला परेको छ ।
नेपाल पर्वतरोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार २ जनाको शवलाई आज काठमाडौं ल्याइँदैछ ।
हिमपहिरोमा परी ज्यान गुमाएका चार जनामध्ये दुई जनाको शव काठमाडौँ ल्याइएको छ । ज्यान गुमाउनेमध्ये दुई जनाको सनाखत भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- ३ का छेपी भोटे र वडा नम्बर २ का पासाङ भोटे रहेका छन्।
दुई वटा शव चामेमा राखिएको छ। बाँकी दुई जनाको भने सनाखत हुन बाँकी छ।
अध्यक्ष शेर्पाले अझै १२ जनाको अवस्था भने अज्ञात नै रहेको जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका १२ जना सम्पर्कविहीन भएका हुन् ।
अहिले एनएमए रेस्क्यु संयोजक विक्रम कार्कीको संयोजकत्वमा अहिले खोजी तथा उद्धार कार्य भइरहेको उनले बताए ।