संसदमा विपक्षीको अवरोध यथावत

फाइल तस्बिर ।

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन् । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गत जेठ १७ गते दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले पुनः विरोध गरेका हुन् ।

प्रधानमन्त्री बालेनले उक्त दिन नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड)बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् ।  

माग पूरा नभएसम्म संसदको कारबाही सहज रूपमा अघि बढ्न नदिने अडान विपक्षी दलहरूको छ ।

Share News