सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा दुई हजार ७०० रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५१० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र चाँदी चार हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

Share News