८१०० एमएएच ब्याट्री भएको भिभो वाई५०० नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा नयाँ भिभो वाई५०० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार स्मार्टफोनमा ८१०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री, १.५के एमोलेड डिस्प्ले र ५० मेगापिक्सेलको मुख्य क्यामेरा जस्ता विशेषता समावेश गरिएका छन् ।

भिभो वाई५०० पर्ल ह्वाइट र मिडनाइट ब्लु गरी दुई रंगमा उपलब्ध छ । स्लिम र एर्गोनोमिक डिजाइनमा तयार गरिएको यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भिभो वाई५०० मा रहेको ८१०० एमएएच ब्लुभोल्ट ब्याट्री अहिलेसम्मकै भिभोको सबैभन्दा ठूलो ब्याट्री क्षमता हो। यसमा ६ वर्षसम्मको ब्याट्री हेल्थ ग्यारेन्टी र ५० महिनासम्मको स्मुथ एक्सपेरियन्स सर्टिफिकेसन उपलब्ध गराइएको छ। एकपटक चार्ज गरेपछि लगातार १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीले जनाएको छ।

स्मार्टफोनमा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ५ हजार निट्ससम्मको पिक ब्राइटनेस दिइएको छ। साथै, डुअल स्टेरियो स्पिकरले भिडियो हेर्दा र गेम खेल्दा उत्कृष्ट अडियो–भिजुअल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

भिभो वाई५०० मा ६ न्यानोमिटर प्रोसेसर जडान गरिएको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ र गेमिङलाई सहज बनाउने कम्पनीले जनाएको छ।

फोनमा आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा रहेको छ। साथै, अन्डरवाटर फोटोग्राफी मोड, ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ।

भिभोले ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ६१ हजार ९९९ रुपैयाँ तोकेको छ। स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोर तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

Share News