काठमाडौं । भेनेजुएलामा आएको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धार टोली भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउन निरन्तर अभियान चलाइरहेका छन् । यस विपद्मा परी हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भइसकेको छ ।
स्थानीय समयअनुसार बुधबार साँझ आएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी हालसम्म कम्तीमा ४ हजार ३०० जना घाइते भएका छन् ।
भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले भूकम्पका कारण २५० वटा भवनमा क्षति पुगेको वा पूर्ण रूपमा भत्किएको बताएका छन् । यसमध्ये सबैभन्दा बढी क्षति ला ग्वेइरामा भएको छ।
यहाँ एउटा १० तले होटल पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ ।
घटनास्थलमा खटिएका टोलीहरूले निरन्तर राहत तथा उद्धार अभियान चलाइरहेका छन् र घटनासँग सम्बन्धित ताजा विवरणहरू बाहिर आउने क्रम जारी छ ।