काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको तेहरानस्थित निवास नजिकै एउटा ठूलो भूमिगत संरचना (अन्डरग्राउन्ड स्ट्रक्चर) बनाइएको थियो ।
मध्य तेहरानमा बनेको यस भूमिगत बंकर कम्प्लेक्समा एउटा ब्लास्ट –रेसिस्टेन्ट (बम विष्फोट प्रतिरोधी) कोठा र भाग्नका लागि धेरै सुरुङहरू समावेश थिए ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा गरेको हवाई आक्रमणमा अली खामेनेई तेहरानस्थित आफ्नै घरमा मारिएका थिए । त्यस समयमा उनी कुनै पनि सुरुङभित्र नरहेको कुरा बाहिर आएको थियो।
इजरायली वेबसाइट ‘जेरुसेलम पोस्ट’ ले ‘इरान इन्टरनेसनल’लाई उद्धृत गर्दै अली खामेनेईको सुरक्षाका लागि कस्तो प्रकारको आर्किटेक्चरल प्लानमा काम गरिएको थियो भन्ने कुरा बताएको छ ।
रिपोर्टका अनुसार हबिब इब्राहिमी नामको यो कम्प्लेक्स अली खामेनेईको सरकारी निवासको ठ्याक्कै नजिक बनाइएको थियो । इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अली खामेनेईको स्वीकृतिमा सन् २००९ मा यो साइट निर्माण गराएको थियो ।
‘खातम अल–अम्बिया कन्स्ट्रक्सन हेडक्वार्टर’ले यसका लागि कोष (फन्ड) जुटाएको थियो । यस संरचनाको प्रवेशद्वारबाट कारहरू भित्र जान सक्थे र जमिनमुनि ३० मिटरको गहिराइसम्म पुग्थे ।
यस कम्पाउन्डमा २७ मिटर लामो एउटा सुरुङ रहेको दाबी गरिएको छ, जुन कुनै आपतकालीन अवस्थामा यहाँबाट भागेर टाढा जाने उद्देश्यले बनाइएको थियो ।
यो सुरुङ धेरै फरक–फरक बाटोसँग जोडिएको थियो । यसमा अर्को दोस्रो सुरुङ पनि थियो, जुन मध्य तेहरानको ‘एंगेलाब स्क्वायर’ नजिकैको एउटा पार्किङ ग्यारेजसम्म पुग्थ्यो ।
इरानसँग युद्ध सुरु भएपछि मार्चमा इजरायली सेनाले आफ्नो गुप्तचर एकाइ (इन्टेलिजेन्स युनिट) ८२०० र ९९०० को सूचनाका आधारमा यसको पहिचान गर्न यो भूमिगत बंकरलाई निशाना बनाएको थियो । इजरायलले ५० वटा विमानबाट बमबारी गर्दै तेहरानको यस भूमिगत ठेगानामा आक्रमण गरेको थियो ।
‘इरान इन्टरनेसनल’ ले अगाडि बताएअनुसार धेरै तस्बिरहरूमा सर्वोच्च नेताको कार्यालयसँग जोडिएका वरिष्ठ अधिकारीहरूका लागि पाँच तले भूमिगत कार्यालय कम्प्लेक्स (अन्डरग्राउन्ड अफिस कम्प्लेक्स) पनि देखाइएको थियो । परियोजनासँग जोडिएका स्रोतहरूले यो साइट एउटा स्पोर्ट्स सेन्टर (खेलकुद केन्द्र) मुनि लुकाइएको बताएका छन् । यसरी यसलाई विश्वको नजरबाट टाढा राखिएको थियो ।
तेहरानस्थित यस सुविधामा कथित रूपमा तीन तले पार्किङ ग्यारेज, एउटा टारगेट रेन्ज (निशानाबाजी क्षेत्र) र जमिनको सतहभन्दा ३० र ३५ मिटर मुनि दुईवटा शेल्टर (आश्रयस्थल) सामेल थिए ।
एउटा शेल्टरमा खामेनेईलाई मिसाइलहरूबाट जोगाउन एउटा ब्लास्ट–रेसिस्टेन्ट (विष्फोट प्रतिरोधी) कोठा पनि थियो । आक्रमणको समयमा अली खामेनेई यस कोठामा भएको भए उनको ज्यान बच्न सक्थ्यो । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री )