काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि आठ जनाको नाम उम्मेदवार सूचीमा कायम भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महामन्त्री पदमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।
केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भएपछि पार्टीले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रिया अघि बढाएको छ । यस चरणमा महामन्त्री पदका लागि आठ जना चुनावी मैदानमा उत्रिएका छन् ।
आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार महामन्त्री पदमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन पराजुलीको नाम कायम रहेको छ ।