काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो । बिहीबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।