खुला मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा मन्त्री यादवको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘खुला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गते देखि चितवनमा जारी छ । सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

भारतको  आईआईटी मद्रासबाट एम.टेक गरेका यादवले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिनएका छन् ।

रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अँगाल्दै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा आफ्नो उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने विश्वास यादवको छ । 

आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिलसमेत गरेका छन् ।

Share News