पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं पठाउने तयारी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख जयराज सापकोटाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको विकासन्युजलाई जानकारी दिए ।

‘काठमाडौं पठाउने तयारी भइरहेको छ । आज या भोलि पठाउने भनेर फाइनल भने भइसकेको छैन,’ सापकोटाले भने ।

सोमबार सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी आएकाले पक्राउ गरिएको हो ।

सेयर कारोबारी थिए पौडेल, घरमा छापा

Share News