सबै दलका नेताले घण्टी बजाएर उद्घाटन गरे रास्वपा महाधिवेशन

सभास्थलमा भारी वर्षा

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेस सभापति  गगन थापा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइसहित विभिन्न दलका नेताहरूले रास्वपा चुनाव चिन्न घण्टी बजार महाधिबेशन उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा भारी वर्षा भएको छ ।  महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।

उद्घाटन सत्रमा विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् ।

रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ ।

संशोधित विधान अनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् । 
 

Share News