बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना बन्द

काठमाडौं । ललितपुरस्थित सदर चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष–सदर चिडियाखानाले परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना बन्द गर्ने निर्णय गरेको हो ।

कोषका अनुसार संक्रमणका कारण सर्वसाधारण दर्शकको स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै आज (असार ५ गते) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको हो ।

चिडियाखाना प्रशासनले सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको जनाएको छ । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना समेत गरेको छ ।

null

Share News