काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ७७ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४७ कम्पनीको ७७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै युनाइटेड मोदीको २३ करोड, सीईडीबी होल्डीङको १४ करोड र बुंगल हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
एपोलो हाइड्राको सेयर मूल्य १५ प्रतिशत र सोपन फर्मास्युटिकल्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।