काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ कायम भएको छ ।
मंगलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।