काठमाडौं । कोशी प्रदेश सरकारले सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन नयाँ कदम चाल्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनहरूमा जीपीएस ट्र्याकिङ प्रणाली जडान कार्यलाई अनिवार्य गरिने घोषणा गरे ।
सोमबार प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री लिङ्थेपले यातायात क्षेत्रको विकृति अन्त्य गर्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यो नीति ल्याइएको बताए ।
सार्वजनिक सवारीमा जीपीएस जडान भएपछि गाडीहरूको गति, गुडिरहेको लोकेसन (स्थान) र रुटको वास्तविक समयमै अनुगमन गर्न सहज हुनेछ ।