काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गर्दै मतदानको समय थपिएको जानकारी दिएको हो । यसअघि बिहानदेखि सुरु भएको मतदानका लागि बेलुका ५ बजेसम्मको समय तोकिएको थियो ।
मतदानमा सहभागी हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सबैलाई जानकारी गराउँदै समितिले बेलुका ७ बजेसम्म मतदान गर्न सकिने जनाएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा मतदानको समय थप गरिएको उल्लेख छ ।