काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालनमा आएको उक्त शोरुम घरधनी, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टहरूका लागि गुणस्तरीय टायल्स र आधुनिक डिजाइनको प्रमुख गन्तव्य बन्ने कम्पनीले जनाएको छ ।
शोरुमको उद्घाटन वैशाख ३१ गते सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड लुना लुइटेलको उपस्थिति रहेको थियो ।
यसैगरी तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ तथा वडा नम्बर ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटासहित स्थानीय प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
उद्घाटनका क्रममा उपस्थित अतिथिहरूले शोरुम अवलोकन गर्दै कजारियाका नयाँ कलेक्सनहरू प्रदर्शन गरिएको थियो ।
कम्पनीका अनुसार नयाँ शोरुम ग्राहकलाई घरको भित्री सजावटबारे स्पष्ट अवधारणा बनाउन सहयोग पुग्ने गरी डिजाइन गरिएको छ । यहाँ ग्राहकहरूले विभिन्न फ्लोर तथा वाल टायल्सका डिजाइन, टेक्सचर र फिनिस प्रत्यक्ष रूपमा अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन् ।
उद्घाटन समारोहमा निर्देशक अग्रवालले काठमाडौंका उपभोक्तासम्म गुणस्तरीय उत्पादन र डिजाइन पुर्याउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए । उनले स्थानीय बासिन्दालाई सहज रूपमा उत्कृष्ट टायल्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
हाल शोरुम पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । कम्पनीले जरंखु तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुम भ्रमण गरी नयाँ डिजाइन अनुभव लिन आग्रह गरेको छ ।