विजय लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

संस्थाको सञ्चालक समितिको वैशाख ३१ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको हो ।

संस्थाले उक्त वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेश गरी स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ । 

Share News