काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका छन् ।
कार्यवाहक मुुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार पार्टी सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहित को धारा ३४ को उपधारा ७० बमोजिम समिति पुनर्गठन गरेका हुन् ।
पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान लामालाई जिम्मेवारी दिइएको छ । यस्तै सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला र वीरगञ्ज क्षेत्री रहेका छन् ।