काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ । सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन् ।
लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् ।
आदिवासी जनजाति क्लस्टरको महिला र खुला सदस्यतर्फ पनि मतगणना सम्पन्न भएको छ । महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन्। खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
महिला सदस्यतर्फ आठ जना निर्वाचित
आदिवासी जनजाति महिला सदस्यतर्फ गीता गुरुङ सर्वाधिक २ हजार ८५९ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
निर्वाचित हुने अन्य उम्मेदवारमा डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछा मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन् ।
खुलातर्फ १२ जना निर्वाचित
आदिवासी जनजाति खुला सदस्यतर्फ तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मतसहित निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२ र बुद्ध लामाले १ हजार ९५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी खुला सदस्यतर्फ निर्वाचित भएका छन् ।