प्रधानमन्त्री बालेन्द्र शाह नआए संसद बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैले दिनुपर्ने धारणा कांग्रेस नेता अर्जुननरसिंह केसीले राखे । 

उनले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाए । 

नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनैपनि विषय संसदमा टेबुल गर्न कुनै पनि मन्त्रीले गर्न सक्ने व्यवस्थामा नियमावलीमा भएकाले त्यसलाई रोक्न आवश्यक नभएको बताए । 

सांसद केसीले प्रधानमन्त्री साहको अनुपस्थितिमा कुनैपनि विषय मन्त्रीहरूले संसदमा टेबुल गर्ने कुरा संसदीय परम्परा पनि भएकाले त्यसलाई अवरोध गर्न नमिल्ने पनि स्मरण गराए ।

Share News