सुनको मूल्य तोलामा ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मोल भने १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७१० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ रुपैयाँमा  खरिदबिक्री भएको थियो  ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

Share News