काठमाडौं । सरकारले देशभरका सबै स्थानीय तहलाई बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालसँग जोडिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सो कुरा घाेषणा गरिएको हो ।
यसका साथै पर्यटन सम्भावना भएको क्षेत्रमा सडक पहुँच, राजमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग र राजमार्ग सेवा विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइने भएको छ ।