काठमाडौं । सरकारले नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाममुखी कार्यक्रममा जोड दिने घोषणा गरेको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत घोषणा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले क्यान्सर, मुटुरोग, किड्नीको समस्या जस्ता जस्ता नसर्ने रोग नियन्त्रणका लागि उपचारका कार्यक्रमभन्दा रोकथाम जनचेतना नियमित परीक्षण जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने बताएका हुन् ।