सभामुख र उपसभामुख नहुँदा सभा चलाउन ७ सदस्य मनोनित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सभामुख र उपसभामुख नहुँदा सभा सञ्चालन गर्न सात सदस्य मनोनित गरेका छन् । 

सोमबार (आज) प्रतिनिधि सभाको बैठकमा उनले मनोनित गरेको जानकारी गराएका हुन् । 

मनोनित हुने सदस्यमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बू, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी छन् रहेका छन् ।

Share News