सुजल फुड्सले ल्यायो नयाँ ‘वाइफी’ फेमिली प्याक, निर्यात हुँदै

काठमाडौं । सुजल फुड्सले वेफर ब्रान्ड ‘वाइफी’ को नयाँ फेमिली प्याक सार्वजनिक गरेको छ । क्रिमी, क्रिस्पी र क्रञ्ची स्वादको परिपूर्ण मेलमिलापसहितको यो प्याक आफ्ना प्रियजनहरूसँग बाँड्न वा आफैंले रमाइलो साथ खानका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १२० ग्रामको यो ‘वाइफी फेमिली प्याक’ स्ट्रबेरी र चकलेट - दुई सबैभन्दा रुचाइएका स्वादमा उपलब्ध छ । १०० रुपैयाँको मूल्यमा बजारमा आएको यस प्याकलाई सुजलले ‘सबैभन्दा सुलभ प्रिमियम वेफर’ का रूपमा प्रस्तुत गरेको छ ।

चार तहको क्रिस्पी वेफर र तीन तहको क्रीमले भरिएको वाइफी आधुनिक प्रविधिबाट निर्माण गरिएको हो । १२ महिनासम्म ताजगी कायम राख्ने गुणस्तर, त्रिस्तरीय मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ले अन्तिम बाइटसम्म क्रिस्पीपन र सुगन्ध सुरक्षित रहने व्यवस्था मिलाइएको छ ।

शपिङ मल, कनभिनियन्स स्टोरदेखि अनलाइन प्लेटफर्मसम्म सहज उपलब्धता भएको वाइफीलाई बालबालिकादेखि गृहिणी, युवायुवतीसम्मलाई लक्षित गरी ल्याइएको हो ।

वाइफी अहिले नेपालका प्रमुख सुपरमार्केट (भाटभटेनी, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी) र ई–कमर्श साइटहरू (दराज, स्मार्टडोको, गिफ्ट्मान्डु, यार्शाबजार, डिलआयो, बिजबजार) मा उपलब्ध छ । साथै, यो उत्पादन अमेरिका, युरोप, अष्ट्रेलिया तथा खाडी मुलुकहरूमा निर्यात हुँदै आएको छ ।

Share News