सुनको मूल्य निरन्तर बढ्दो, एकतोलाको कति पर्छ ?

काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आइतबार बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । 
    
गत जेठ २७ एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार ३०० रुपैयाँ जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन एक लाख ९७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

Share News