सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा १६ सयले बढ्यो

काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छभने चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 
    
गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

Share News