काठमाडौं । भिभो नेपालले दराजसँगको सहकार्यमा ६.६ मेगा मिड–इयर सेल को अवसरमा छुट र आकर्षक उपहारसहितको अफर सार्वजनिक गरेको छ । जुन ६ देखि जुन १० सम्म सञ्चालन हुने यस अभियानमा भिभो स्मार्टफोन किन्दा ग्राहकहरूले उच्च गुणस्तरका अडियो उपकरणहरू निःशुल्क पाउने छन् ।
उक्त सेल अवधिमा भिभो स्मार्टफोन खरिदकर्ताहरूलाई भिभो बड्स, एप्रो १० इयरबड्स, र क्लिपबड्स जस्ता प्रिमियम अडियो ग्याजेटहरू उपहारस्वरूप प्रदान गरिनेछ । साथै, लोकप्रिय भिभो वाई १९एस मा १ हजार रुपैयाँसम्मको छुट र भिभो बड्स मा ३३ प्रतिशत छुट दिइँदैछ । जसअनुसार बड्स अब मात्र रु। ३,९९९ मा उपलब्ध हुनेछ ।
भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भने, 'हामी सबैको रोजाइको ब्रान्ड बन्न चाहन्छौं, त्यसैले जहाँ ग्राहक हुन्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ ।'
यस अफरमार्फत भिभोले अनलाइन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै प्रविधिलाई अझ पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्य लिएको छ ।