काठमाडौं । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै पहिलो र एक मात्र एचडि पोलिस्ड टायल सार्वजनिक गरेको छ । ६०×१२० सेमी आकारको यो प्रिमियम टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिको समिश्रणमार्फत लक्जरी फ्लोरिङमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधिबाट निर्मित यो टायल विशेषगरी भित्री सतहको लागि डिजाइन गरिएको हो । ऐनाजस्तै चम्किलो फिनिश, उच्च गुणस्तरीय प्रिन्ट, घिसावट प्रतिरोधी संरचना र न्यून जलशोषण क्षमताका कारण यो टायल पाँचतारे होटल, लक्जरी मल, अपार्टमेन्ट र उच्चस्तरीय शोरूमहरूका लागि उपयुक्त भएको बताइएको छ ।
'यो केवल टायल होइन, विलासिताको अनुभव हो,' कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले बताए । 'नेपालमा यस्ता विश्वस्तरीय टायल पहिलोपटक ल्याउन पाउँदा हामी गर्वित छौं । यो टायल शहरी क्षेत्रमा लोकप्रिय भइसकेको छ र अब हामी आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूलाई नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं,' उनले थपे ।
टायल उद्योगमा विश्वस्तरीय मापदण्ड र नवप्रवर्तनको उदाहरण बनाउँदै कजारियाले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ । कम्पनीले हाल ३,००० भन्दा बढी विशेष डिजाइनका टायलहरू उपलब्ध गराउँदै आधुनिक सजावटप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै आएको छ ।
नेपालको टायल बजारमा कजारियाको नयाँ एचडि पोलिस्ड टायल प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्दै गएको कम्पनीको दाबी छ । यसले कजारियालाई गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिका आधारमा अग्रणी स्थानमा उभ्याएको छ ।